३१ आश्विन २०८३, शनिबार

बंगबन्धु गोल्डकपः नेपाल ३-० गोलले अगाडि, नवयुग र विशाल राईले गरे गोल (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football
काठमाडौं, ५ माघ । बंगलादेशको ढाकामा जारी बंगबन्धु गोल्डकप फुटबलमा नेपालले माल्दिभ्स विरुद्ध सेमीफाइनल खेलमा ३–० को अग्रता लिएको छ ।

साँझ ५ बजेर १५ मिनेटमा सुरु भएको खेलमा नेपालका लागि नवयुग श्रेष्ठले ३१ औं मिनेटमा गोल गरे । अहिले पनि नेपालको अग्रता कायमै छ ।

विमल घर्तीमगरको प्रहारमा पोलमा लागेर फर्केको बललाई नवयुगले गोलमा परिणत गरेका थिए । ६२ औं मिनेटमा नवयुगले तेस्रो गोल गरेका छन् ।

यसअघि खेलको ५२ औं मिनेटमा विशाल राईले दोस्रो गोल गरेका छन् । रवीन श्रेष्ठको क्रसमा विशालले गोल गरेका हुन् ।

हेर्नुस् भिडियोः