१४ कार्तिक २०८३, शनिबार

कपिलबस्तुमा दादुराबाट पाँच बालबालिकाको मृत्यु (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

5 bal balika ko murtu 072-10-5  2

– शम्भू माली
कपिलवस्तु, ५ माघ । कपिलवस्तु जिल्लाको सोमडिह गाबिस वडा नम्बर ७ र ८ को ईटवामा पछिल्लो एक महिनाको अबधीमा दादुरा जस्तै देखिने संक्रमणका कारण पाँच बालबालिकाको ज्यान गएको छ ।

गाँउमा संक्रमणका कारण एक महिनाका पाँच बालबालिकाको अकालमा ज्यान गएपछि जिल्ला स्वास्थ्य कार्यालयको टोली भने संक्रमण क्षेत्रमा सोमबार मात्र पुगेको भेटिएको छ । संक्रमण भएको गाँउ भन्दा ५ सय मिटरको दुरीमा रहेको सोमडिह उप स्वास्थ्य चौकी र ११ किलोमिटर दुरीको जिल्ला स्वास्थ्य कार्यालय एक महिना देखीको घटना बारे बेखबर बन्दा जिल्लाको स्वास्थ्य क्षेत्रमा रहेको लापरवाही छताछुल्ल भएको छ ।

संक्रमणका कारण ईटवाका बुधराम कोरीको ३ बर्षिय छोरा आकाश कोरी, सभाजित रैदासको डेढ बर्षिय छोरी जानकी रैदास, सर्वजित यादवकी ५ बर्षिय छोरी रिंकी यादव, जोगिन्दर चौधरीकी ३ बर्षीय छोरी सन्जु चौधरी र जगदिश यादवको १० महिनाको नाती अमित यादवको संक्रणकै कारण मृत्यु भएको जनाईएको छ । बालबालिकाको शरिरमा फोका उठने, ज्वरो आउने र झाडा पखाला लगायतको संक्रमणका कारण मृत्यु भएको परिवारका सदस्यहरु बताउछन । अहिले गाँउका ६५ बढि बालबालिकामा सो संक्रमण देखिएको छ । उता गाँउमा बालबालिकाको मृत्युसँगै गाँउ नै शोकाकुल बनेको छ । जिल्लाको स्वास्थ्य सेवाप्रदायकको पहुँच नभएकै कारण स्थानिय भने देबी देउताको पुजापाठमा लागेका छन ।

एक महिनाको अबधीमा पाँच बालबालिकाको मृत्यु भए पनि जिल्लाको कुनै पनि निकायले चासो नदिएको स्थानियको आरोप छ । गाबिसमैरहेको स्वास्थ्य चौकीमा समेत कर्मचारी अनियमित हुने र औषधी समेत नहुने हुदाँ आफुहरुले पाउनु पर्ने स्वास्थ्य प्रवाह प्रभावित भएको स्थानियले बताए । संक्रमण भएकोउम महिनाको अबधीमा मात्र स्वास्थ्यकर्मी संक्रमण क्षेत्रमा आउनुले स्वास्थ्यको चरम लापरवाहीलाई प्रष्ट पारेको स्थानियको आरोप छ । स्वास्थ्य चौकीमा कर्मचारीको नियमितता नभएकै कारण समयमै संक्रमण नियन्त्रणमा आउन नसकेको स्थानियको भनाई छ ।

स्थानियले स्वास्थ्य संस्थामा लापरवाही रहेको आरोप लगाउदै गर्दा सोमडिह उपस्वास्थ्य चौकीमा १०ः३० बजे सञ्चारकर्मीहरु पुग्दा उपस्वास्थ्य चौकी बन्द थियो । सञ्चारकर्मी आएको थाहा पाएर उपस्वास्थ्य चौकी प्रमुख अशोक कुमार मिश्रा उपस्वास्थ्य चौकीमा पुगे । उनले आफुहरुले घटनाबारे हिजो मात्र जानकारी पाएको बताउदै सोमबार ४७ बालबालिकाको लक्षणका आधारमा उपचार गरेको जनाए ।

सो बिषयमा प्रतिक्रिया लिदा जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका निमित्त प्रमुख बिष्णु जयसवालले आफूहरुले संक्रमण बारे जानकारी पाएर सोमबार स्वास्थ्यकर्मीहरुको टोली संक्रमण क्षेत्रमा पठाएको बताए । जनचेतनाको अभावमा खोप नलगाएका कारण सो संक्रमण देखिएको भए पनि दादुरा नै भएको भन्ने अवस्था नरहेको उनले स्पष्ट पारे ।

5 bal balika ko murtu 072-10-5  1 5 bal balika ko murtu 072-10-5  2 5 bal balika ko murtu 072-10-5  3