३१ आश्विन २०८३, शनिबार

निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण् गरेरै छाड्ने पर्यटनमन्त्रीको ठोकुवा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anand-pokheralभक्तपुर, ५ माघ । आगामी वैशाखसम्ममा बाराको निजगढमा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले यहाँबाट प्रकाशन हुँदै आएको ‘समय समाज’ राष्ट्रिय साप्ताहिकको एघारौँ वर्ष प्रवेश कार्यक्रममा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन र काठमाडौँ–तराई द्रुतमार्ग बनाउन प्रधानमन्त्रीसँग छलफल भइसकेकाले अब दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बन्ने ठोकुवा गर्नुभयो । विमानस्थलको नक्सा कोरियन कम्पनीले बनाएको हो ।

साहसिक पर्यटनले मात्र देश विकास नहुने औल्याउँदै उहाँले धार्मिक र साँस्कृतिक पर्यटनलार्इ समेत मु्ख्य रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

अर्काे प्रसङ्गमा उहाँले सहमतिका लागि मोर्चासँगको वार्तामा सरकार अति नै लचक भए पनि जनताको प्राकृतिक र नैसर्गिक अधिकार कुण्ठित पार्ने प्रयास भएकाले आजसम्ममा हुन्छ भनिएको सहिमति हुन नसकेको भनाइ राख्नुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो–“सङ्घीय संरचनामा सिमानाको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न हुन्छ कि हुन्न भन्ने विषयमा मोर्चासँग अझै कुरा मिलेन, नेपालभित्रका जुनसुकै जनताले पनि उत्तरी छिमेकी सिमानासम्म र दक्षिणी सिमानासम्म जाने अधिकार हुनुपर्छ, त्यो जनताको प्राकृतिक र नैसर्गिक अधिकार हो, त्यसलाई सबैले आत्मसात् गर्नुपर्छ ।” रासस