१ कार्तिक २०८३, शनिबार

जनवरी २३ मा ‘भिक्ट्री’को ग्राण्ड ओपनिङ, नायिका प्रियंकादेखि सृष्टि श्रेष्ठसम्म सहभागी हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Priyanaka Karki
काठमाडौं, ५ माघ । काठमाडौंको दरबारमार्गमा रहेको भिक्ट्री क्लब, लाउञ्ज एन्ड बार सञ्चालनमा आएको छ महिना भएको । यो अवधिमा भिक्ट्रीले एक सयभन्दा बढी इभेन्ट आयोजना गरिसकेको छ ।

करिब दुई हजारभन्दा बढी व्यक्तिलाई भिक्ट्रीको सदस्यता वितरण भइसकेको छ । भिक्ट्रीका करिब ३० हजार सर्पोटर छन् । तर, अहिले सम्म पनि भिक्ट्रीले आफ्नो ग्राण्ड ओपनिङ गरेको छैन ।

सञ्चालनमा आएको छ महिनासम्म पनि ग्राण्ड ओपनिङ नगर्नुको कारण खुलाउँदै यसका सञ्चालक राम गिरी भन्छन्, ‘हामीले पहिला हाम्रा ग्राहकलाई स्तरीय सेवा प्रदान गर्ने र केही त्रुटि भए सच्याएर पर्फेक्ट सेवा दिन थालेपछि मात्रै ग्राण्ड ओपनिङ गर्ने योजना बनाएकाले छ महिनापछि ग्राण्ड ओपनिङ गर्न लागेका छौँ ।’

भिक्ट्रीलाई अन्तर्राष्ट्रियस्तरको लाउञ्जका रुपमा विकास गर्न सकिएको बताउँदै सञ्चालक गिरीले ग्राण्ड ओपनिङ पनि विशेष नै हुने जानकारी दिए ।

Shristi Shresthaभिक्ट्रीले द लेजेसी इभेन्टसँग मिलेर जनवरी २३ मा फेशन शो तथा सांगीतिक कार्यक्रम आयोजना गरेर यसको औपचारिक उद्घाटन गर्ने जनाएको छ । फेशन डिजाइनर प्रतीक अग्रवाल र आशुतोष अग्रवालले तयार पारेका विभिन्न ड्रेसमा चर्चित मोडलहरूले भिक्ट्रीमा क्याटवाक गर्नेछन् ।

फेशन शोमा चर्चित नायिका प्रियंका कार्की, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, मोडल अनुप विक्रम शाही, क्याप्टेन विजय लामाले शो स्टपरका रूपमा रहनेछन् ।

फेशन शोसँगै गायक नीमा रुम्बा र एड्रिन प्रधानले सांगीतिक प्रस्तुति दिनेछन् ।
त्यस अवसरमा बार मेन कम्पिटिसन, वी वोइङ प्रस्तुतिलगायत थुप्रै

मनोरञ्जनात्मक कार्यक्रम गरिने भिक्ट्रीका म्यानेजर नीरा श्रेष्ठले बताइन् ।

ग्राण्ड ओपनिङका लागि निमन्त्रण गरिएका ग्राहकलाई विशेष गिफ्ट ह्याम्पर पनि प्रदान गरिने सञ्चालक गिरीले बताए । ग्राण्ड ओपनिङमा सहभागी हुनेहरूमध्येबाट गोलाप्रथा गरेर मलेशिया तथा दुबई भिजिटको प्याकेज पनि उपलब्ध गराइने सञ्चालक राम गिरीले बताए ।

भिक्ट्रीले अंग्रेजी नयाँ वर्षको अवसरमा पनि विशेष कार्यक्रम आयोजना गरेको थियो । भिक्ट्रीले न्यू इयर इभ अर्थात् डिसेम्बर ३१ तारिख बिहीवार र जनवरी १ तारिख शुक्रवार विशेष कार्यक्रम गरेको थियो ।

न्यू इयर इभमा गायक एड्रिन प्रधान र जनवरी १ तारिख शुक्रबार नवीन के भट्टराईले लाइभ प्रस्तुति दिएका थिए । भिक्ट्रीले क्रिसमसको अवसरमा सविन राईको प्रस्तुति गराएको थियो ।

12583641_10203986400499244_1380077513_nहरेक दिन ब्यान्डको लाइभ प्रस्तुति रहने भिक्ट्रीले अब विभिन्न अवसरमा प्रख्यात गायक/गायिकाको प्रस्तुति राख्ने जानकारी सञ्चालक गिरीले दिए ।

गायक/गायिका फ्यानलाई आफ्नो प्रिय कलाकारसँग भेटघाटको अवसर उपलब्ध गराउने तथा गायक/गायिकालाई पनि स्रोतामाझ प्रस्तुति दिने अवसर उपलब्ध गराउने लाइभ परफरमेन्स आयोजना गर्ने गरिएको सञ्चालक गिरीले बताए ।

अत्याधुनिक सुविधासहितको भिक्ट्री अन्तर्राष्ट्रिय स्तरको लाउञ्ज भएको व्यवस्थापकको दाबी छ । पायक पर्ने लोकेसन तथा सुरक्षित गन्तव्य भएकाले भिक्ट्रीमा आउने ग्राहकलाई कुनै गुनासो गर्नुपर्ने अवस्था नरहेको सञ्चालक नीरा श्रेष्ठले बताइन् ।Victory