१४ कार्तिक २०८३, शनिबार

राष्ट्रिय युवा व्यवस्थापिका संसदद्धारा २३ बुँदे युवा घोषणापत्र जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youth_parliament_ending_img

धुलिखेल, ५ माघ । काभ्रेको धुलिखेलमा आयोजित राष्ट्रिय युवा व्यवस्थापिका संसदले २३ बुँदे युवा घोषणा पत्र २०७२ जारी गरेको छ ।

माघ २ गतेदेखि ५ गतेसम्म आयोजना गरिएको युवा व्यवस्थापिका संसदले युवाका जल्दा बल्दा सवालहरु समेटिएको २३ बुँदे धुलिखेल युवा घोषणा पत्र जारी गरेको हो ।
संसदमा भूकम्प प्रभावित १४ जिल्लासहित १८ जिल्लाका ८९ युवाहरुको सहभागिता रहेको थियो ।

सीमान्तकृत युवाहरुको अर्थपूर्ण सहभागीता, समावेशी लोकतन्त्रको सफलता भन्ने नारा सहित स्विडिस अन्तराष्ट्रिय विकास नियोगको सहयोगमा हिमालयन ह्युमन राईट्स मोनिटर्स(हिमराईट्स)ले कार्यक्रम आयोजना गरेको हो ।

नमुना युवा व्यवस्थापिका संसदमा सुधिर राई प्रधानमन्त्री, मञ्जु कार्की सभामुख, समिक्षा गुरुङ प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका निर्वाह गरेका थिए ।

आठ सदस्यिय मन्त्री मण्डलमा ओमप्रकाश चौहान गृहमन्त्री, पुर्णकुमारी राई संघिय मामिला तथा स्थानिय विकास मन्त्री, इन्द्र बहादुर खड्का अर्थमन्त्री, अमृत देवकोटा युवा तथा खेलकुद मन्त्री, कोपिला गुप्ता स्वास्थ्य मन्त्री, बिनोद खाती शिक्षा मन्त्री, कुमारी राई महिला बालबालिका तथा समाज कल्याण मन्त्री र मदन बिक कानुन, न्याय तथा संसदिय मामिला मन्त्री चयन भएका थिए ।

संसदिय अभ्यासद्धारा भूकम्प प्रभावित क्षेत्रका युवाहरुको नेतृत्व विकास तथा स्थानिय शसक्तिकरणका लागि कार्यक्रम आयोजना गरिएको हिमराईट्सका अध्यक्ष अञ्जना शाक्यले बताईन् ।

कार्यक्रममा गोरखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, बाँके, भोजपुर लगायतका १८ जिल्लाका १८ देखि २६ बर्षका सिमान्तकृत युवाहरुको सहभागीता रहेको थियो ।