१४ कार्तिक २०८३, शनिबार

यौनधन्दा गर्ने होटल मलिकनीसहित यस्तो अवस्थामा समातिए तीन जना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex-00

पथरी (मोरङ), ५ माघ । अवैध यौनधन्दामा संलग्न गेस्ट हाउस सञ्चालकसहित तीन जनालाई प्रहरीले विराटनगर– १४ को हिमाञ्चल गेस्ट हाउसबाट पक्राउ गरेको छ ।

सोमबार साँझ वडा प्रहरी कार्यालयले गेस्ट हाउस सञ्चालक झापाको सुरुङ्गाकी ३८ वर्षीया गीता पाठकसहित तीन जनालाई पक्राउ गरेको हो ।

गेस्ट हाउसमा अवैध क्रियाकलाप हुने गरेको सूचनाका आधारमा चेक गर्न पुगेको प्रहरी टोलीलाई गेस्ट हाउसमा कोही पनि नभएको भन्दै सञ्चालक पाठकले खाली ‘लगसिट’ देखाउनुभएको थियो ।

प्रहरीले उहाँको भनाइमा सत्यता नभएको भन्दै चेक गर्दा एक जोडीलाई रङ्गेहात फेला पारेको थियो । पक्राउ गरिएका तीन जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो । रासस