१४ कार्तिक २०८३, शनिबार

ठोरीमा हात्ती आतङ्क, एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatti-terror_20120106093157-350x262वीरगन्ज, ५ माघ । चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले केही दिनयता पर्साको ठोरी गाविसमा आतङ्क मच्चाउँदै आएको छ ।

निकुञ्जबाट आएको हात्तीले ती गाविसमा लगाइएको बालीनाली नष्ट पार्नुका साथै सर्वसाधारणको घर भत्काउन थालेपछि स्थानीनवासी चिन्तित भएका छन् । हात्तीको डरले उनीहरू रातभर जाग्राम बस्न थालेका छन् ।

गएरातिमात्र हात्तीले ठोरीमा छ वटा घर भत्काइदिएको छ । ठोरी–१ का गोपाल खनियाँ र लालकाजी गुरुङको घर भत्काउनुका साथै घरमा भण्डारण गरी राखिएको धानसमेत खाएर नष्ट गरेको छ भने ठोरी–३ का बलराम शर्मा र जीतबहादुर विकको घर तथा भन्सारघरसमेत भत्काएर क्षति पु¥याएको पीडितले बताएका छन् ।

हात्तीले गाउँमा पसेर सर्वसाधारणको घर भत्काउन र अन्नपात खान थालेपछि अहिले ठोरीको जनजीवन त्रसित बनेको चितवन राष्ट्रिय निकुञ्ज निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद खनालले बताउनुभयो ।

हात्ती प्रायजसो दैनिक गाउँमा आउन थालेपछि गाउँले साँझपर्नेबित्तिकै घरबाट बाहिर निस्कन छाडेको स्थानीय पदमबहादुर कुँवरले बताउनुभयो । हात्ती गाउँमा पसेको खबर पाउनेबित्तिकै स्थानीयवासी आगो बालेर टिन ठटाउँदा र पटका पड्काउँदा हात्ती पुनःनिकुञ्जतर्फ फर्किने गरेको स्थानीयवासी बताउँछन् ।

उक्त हात्तीलाई नियन्त्रणमा लिनका लागि चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरालाई टोली पठाउन आग्रह गरिएको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको स्थानीयवासीको आरोप छ । गत मङ्गलबार ठोरीमा हात्तीले ७० वर्षीय एक वृद्धको ज्यानसमेत लिएको थियो । रासस