१ कार्तिक २०८३, शनिबार

अण्डरवर्ल्ड डन दाउदकी ‘बहिनी’ सोनाक्षीसँग किन डराए निर्माता ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dawood-ibrahim_Sonakshi-Sinha

मुम्बई । अण्डरवर्ल्ड डन दाउद इब्राहिमकी बहिनी बन्न लागेकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको नयाँ फिल्ममा लगानी गर्ने निर्माता नपाइएको समाचार बाहिर आएको छ ।

वर्ष २०१३ मा जंजीर जस्तो सुपर फ्लप फिल्म बनाएका निर्देशक अपूर्व लखियाको फिल्ममा सोनाक्षी दाउदकी बहिनी हसीना पारकर बन्न लागेकी हुन् । लखियाले जंजीर जस्तो फ्लप फिल्म बनाएका कारण दाउदकी बहिनी बन्न लागेकी सोनाक्षीको फिल्ममा निर्माता डराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो फिल्म आउने महिना फेब्रअरीमा शुटिंग हुनेवाला थियो तर, निर्माता नै नपाइएपछि तत्कालका लागि स्थगित गरिएको छ । यता निर्देशक लखियाले भने कलाकारको समस्याका कारण शुटिंग ढिला भएको दाबी गर्छन् ।

स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार लखियाको खराब रेकर्ड तथा पैसा डुब्ने डरले निर्माताहरु दाउकी बहिनीको जीवनीमा बन्न लागेको फिल्ममा लगानी गर्न डराएका हुन् । अब जहिले निर्माता भेटिनेछ त्यसैदिनदेखि फिल्म शुटिंग सुरु हुने बताइएको छ ।