३१ आश्विन २०८३, शनिबार

पेट्रोलियम पर्दाथको मूल्य २००३ पछि अहिलेसम्मकै सस्तो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

crude-oil-big

काठमाडौं, ४ माघ । ईरानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटेपछि विश्वभर कच्चा तेलको मूल्य अहिलेसम्मकै सस्तो भएको छ ।

यसवर्ष निरन्तर घटिरहेको कच्चा तेलको मूल्य २००३ पछि अहिलेसम्मकै सस्तो भएको समाचार एजेन्सीले जनाएका छन् ।

प्रतिबन्ध हटेसँगै ईरानको कच्चा तेल अन्तराष्ट्रिय बजारमा निर्यात भएपछि मूल्य घटेको हो । सोमवार कच्चा तेलको मूल्य २००३ पछि सबैभन्दा न्यून विन्दुमा पुगेको हो । नयाँ भाउअनुसार कच्चा तेलको मूल्य २७.६७ डलर प्रतिब्यारेल कायम भएको छ ।

अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गरिएको ईरानले एक दिनमा ५ लाख ब्यारेल कच्चा तेलको उत्पादन गर्छ । विश्वका कुनैपनि देशसँग अब सस्तो मूल्यमा तेल बेच्न सक्ने बाटो ईरानका लागि खुल्ला भएको छ । ईरानले निर्यात बढाएसँगै तेलको भाउ घटेको बताइएको छ ।

विश्वबजारमा तेलको भाउ घटेसँगै नेपाल आयल निगमले पनि आजैबाट लागु हुनेगरी तेलको भाउ घटाउने तयारी गरेको छ । तर, त्यो भाउ भारतीय आयल निगमको मूल्यसूची अनुसार हुनेछ । किनकि कच्चा तेल किनेर भारतले प्रशोधन गरी नेपाललाई बेच्ने गर्छ ।