३१ आश्विन २०८३, शनिबार

राजस्व सङ्कलनमा वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-paisaपर्सा, ४ माघ । वीरगन्ज भन्सार कार्यालयलाई भन्सार विभागले पुस महिनामा रु एक अर्ब ४३ करोड १८ लाख ४३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले रु एक अर्ब ७० करोड १५ लाख १३ हजार सङ्कलन गर्न सफल भएको छ ।

पुस महिनामा कार्यालयले लक्ष्य भन्दा रु २६ करोड ९६ लाख ७० हजार बढी राजस्व सङ्कलन गरेको छ । साउनदेखि मङ्सिरसम्म आन्दोलनको कारण ढुवानी हुन नसक्दा राजस्वको लक्ष्य हासिल गर्न सकिएको थिएन । कात्तिकदेखि प्रहरी सुरक्षामा मालबस्तु ढुवानी हुन थालेपछि लक्ष्य भन्दा बढी राजस्व सङ्कलन भएको निमित्त भन्सार प्रमुख विष्णु ओलीले जानकारी दिनुभयो ।

आन्दोलनका कारण सुख्खा बन्दरगाहबाट ढुवानीमा समस्या भएपछि चालु आवको मङ्सिरमा १५ प्रतिशत, कात्तिकमा २३ तथा असोजमा लक्ष्यको सात प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो ।

यस्तै सिर्सिया सुख्खा बन्दरगाहाबाट दुई महिनाको अवधिमा १५ हजार ट्रक मालसामान विभिन्न गन्तव्यमा पठाइएको छ । स्कर्टिङ गरेर मालसामान विभिन्न गन्तव्यमा पठाइएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो । रासस