३१ आश्विन २०८३, शनिबार

देश टुक्र्याउने अभियन्ता सिके राउतलाई छाड्न कसले दियो दबाव, सर्वोच्चले किन छाड्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CK Rautकाठमाडौँ, ४ माघ । सर्वोच्च अदालतले देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोप लागेका सिके (चन्द्रकान्त) राउतलाई आइतबार सफाइ दिएको छ ।

न्यायाधीश वैद्यनाथ उपाध्याय र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोप लागेका राउतलाई कुनै पनि प्रमाण नदेखिएको भन्दै सफाइ दिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

प्रहरीले राउतलाई सन्थाल जातिको एक कार्यक्रममा मधेसलाई टुक्र्याउनुपर्ने भाषण गरेको आरोपमा पक्राउ गरी राज्यविरुद्धको अपराधमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

देश टुक्र्याउने खालको कुनै पनि अभिव्यक्ति दिएको नदेखिएको भन्दै यसअघि विशेष अदालतले राउतलाई सफाइ दिएको थियो ।

विशेष अदालतको सो फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्ने आरोपमा कुनै पनि प्रमाण नदेखिएको भन्दै सर्वोच्चले आज सफाइ दिएको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले सर्वोच्चले विशेष अदालतकै फैसलालाई सदर गरेको जानकारी दिए ।