३१ आश्विन २०८३, शनिबार

मुलुकलाई समृद्ध बनाउन पर्यटन विकास आवश्यक: मन्त्री पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anand-pokheralभक्तपुर, ३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकलाई समृद्ध बनाउन पर्यटन विकास आवश्यक रहेको बताउनु भएको छ ।

आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका दधिकोटस्थित अनन्तलिङ्गेश्वर संरक्षण तथा विकास समितिले आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले घरवास(होम स्टे) पर्यटनको गाउँ÷गाउँमा विस्तार गर्नुपर्ने उल्लेख गर्नु भयो ।
अनन्तलिङ्गेश्वर मन्दिरको गुरुयोजना वैज्ञानिक भएको चर्चा गर्दै उहाँले भन्नुभयो– ‘यहाँको जङ्गल र प्राकृतिक सौन्दर्यलाई कायम राखेर यसलाई आयश्रोतको रुपमा विकास गर्न्ुपर्छ, यो क्षेत्रमा पनि होम स्टे पर्यटनको विकास गर्नुपर्छ ।’

उहाँले मन्त्रालय मार्फत सरकारले यो मन्दिरको विकासका लागि रु एक करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुर धार्मिक क्षेत्रले प्रसिद्ध रहेको बताउँदै जिल्लालाई नै धार्मिक पर्यटकीय गन्तव्य घोषणा गरेर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा लैजानु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा समितिका अध्यक्ष शालिकराम न्यौपानेले मन्त्री पोखरेललाई सम्मान गर्नुभएको थियो ।

त्यस अवसरमा समितिका उपाध्यक्ष देवीप्रसाद न्यौपानेले मन्दिर पुनःनिर्माणको गुरुयोजना प्रस्तुत गर्नुभएको थियो । रासस