
काठमाडौं । खादाले गुप्तांग ढाकेर विवादमा आएकी चर्चित हिरोइन् शुभेच्छा थापालाई कारवाही गरिएको छ ।
खादाले गोप्य अंग ढाकेर बौद्ध धर्मालवम्बीहरुको पवित्र वस्त्रको अपमान गरेको भन्दै शुभेच्छालाई नेपाल चलचित्र कलाकार संघले ६ महिनाको लागि संघको सदस्यबाट निलम्बनको कारबाही गरेको हो । शनिबार बसेको संघको बैठकले शुभेच्छालाई निलम्बन गर्ने निर्णेय गरेको हो ।
संघले गरेको कारबाही अनुसार ६ महिनामा अभिनेत्री थापाले आफूलाई सुधार गरे कारबाही स्वतः फुकुवा हुनेछ । तर, यसै किसिमका अन्य समुदाय, वर्ग, धर्म र समुदायको भावनामा ठेस पुग्ने लगायतका अन्य क्रियाकलाप गरे कडा कारवाही गरिने संघले जनाएको छ ।















प्रतिक्रिया