३१ आश्विन २०८३, शनिबार

नेपालमा डलरको भाउ अहिलेसम्मकै महंगो, ११० पुग्ने अनुमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dollar1

काठमाडौँ, २ माघ । अमेरिकी डलरको मूल्य साँढे दुई बर्षयताकै महँगो बन्न पुगेको छ । पछिल्लो समयमा आएको सेयर बजारको उतार चढावसँगै डलरमा लगानी गर्नेहरुले यसको मौज्दात बढाएका कारण नेपाली रुपैयाँ साढे दुई बर्षयताकै कमजोर हुन पुगेको छ । नेपालीहरुले एक अमेरिकी डलर किन्न अव १ सय १० रुपैंया खर्चनुपर्ने अवस्था आएको छ ।

यस अगाडि २०७० भदौ ४ गते १०० रुपैयाँमा उक्लिएको अमेरिकी डलरको भाउ निरन्तर बढेर १०९ रुपैयाँसम्म पुगेको थियो । आजभन्दा २ वर्ष अगाडि अर्थात ०७० भदौ २० गते अमेरिकी डलरको मूल्य अहिलेको अवस्थामा थियो ।

नेपाल राष्ट्र बैंकले हिजो शुक्रबारका लागि एक डलरको मूल्य १०७ रुपैयाँ ८३ पैसा तोकेको थियो, जुन विहिवारको तुलनामा ६३ पैसाले वढी हो । शनिबार पनि शुक्रबारकै भाउमा कारोबार भयो ।

भारतमा बजार खुलेको एक मिनेटमै डलरको तुलनामा भारु ४४ पैसाले कमजोर बन्न पुगेको थियो । त्यसको असर नेपाली मुद्रामा परेको हो । भारतीय मुद्रासँग नेपालको स्थीर विनिमय दर (१०० भारु बराबर नेपाली १६० रुपैयाँ) भएका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँको समेत प्रभाव पर्ने गरेको छ ।

यस अगाडि २०७२ मंसिर २९ गते नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलर बरावर १०७ रुपैयाँ ६० पैसामा मूल्य निर्धारण गरेकोथ्यो । त्यसपछि ओरालो लागेर कारोबार भइरहेकोमा यो साताको सुरुवातबाटै डलर फेरि बलियो हुन थालेको छ । अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले डलर अझै उक्लिने जनाएका छन् ।