३१ आश्विन २०८३, शनिबार

कोल्टीमा सातादेखि टेलिफोन सेवा अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Phoneभीमदत्तनगर, २ माघ । बाजुराको कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको दुई सातासम्म पनि सुचारु नहुँदा उपभोक्ता मर्कामा परेका छन् ।

कोल्टीको लेकमा रहेको टेलिफोन टावरमा आएको खराबीका कारण सेवा गएको दुई सातादेखि अवरुद्ध भएको हो । जसका कारण १५ हजारभन्दा बढी ग्राहक रहेको सञ्चार सेवामा समस्या भएको सेवाग्राहीको गुनासो छ ।

स्थानीय सेवाग्राहीले अवरुद्ध सेवा सुचारु गर्न दूरसञ्चार कार्यालयले तदारुपता नदेखाएका कारण समस्या लम्बिँदै गएको आरोपसमेत लगाएका छन् । कोल्टी क्षेत्रका पाण्डुसैन, कोटीला कोल्टी जगन्नाथ, बाँधु, वाइलगायतका गाविसमा सेवा पूर्णरुपमा बन्द भएको स्थानीयको भनाइ रहेको छ ।

दूरसञ्चार कार्यालय बाजुराले भने चिसो मौसमका कारण सोलार चार्ज नहुँदा नै समस्या आएको हुनसक्ने दाबी गरेको छ । रासस