बैतडी, १ माघ । सिसा खानी उत्खननका लागि खानी तथा भूगर्भ विभागले दार्चुलामा पहिलो पटक दुई कम्पनीलाई उत्खन्न अनुमति दिएको छ ।
अपी नगरपालीकाको धाप तथा रानी शिखर गाविसमा रहेको सिसा खानी उत्खन्नका लागि टोरेक्स माइन्स नेपाल प्राली र व्ल्याक हेड माइन्स नेपाल प्रालीलाई अनुमति दिएको कम्पनीका सञ्चालक राममणि भुसालले बताउनुभयो ।
उहाँले लामो समयसम्मको अध्ययन अनुसन्धानपछि उक्त कम्पनीलाई खानी उत्खन्नका लागि अनुमति दिइएको बताउनुभयो ।
दार्चुलामा विभिन्न खनिज रहेको भए पनि उत्खन्नका लागि भने खानी विभागले पहिलो पटक सिसा खानी उत्खन्नका लागि अनुमति दिएको हो । अपी नगरपालीकाको निसीलको माथिल्लो क्षेत्र तथा रानी शिखर गाविसका सिसा खानीको प्रयाप्त सम्भावना रहेको बताइएको छ ।
कम्पनीले उत्खन्न कार्य छिट्टै सुरु गर्ने तयारी गरिरहेको समेत सञ्चालक भुसालले जानकारी दिनुभयो । भौगोलिक विकटताका कारण मेसिन औजार खानी भएको क्षेत्रमा पु¥याउन सम्भव नभएकाले सुरुमा मजदुर प्रयोग गरी खानी उत्खन्न गरिनेसमेत उहाँले बताउनुभयो ।
दार्चुलामा तामा, सिसा, फलाम, सुन तथा चमेलिया नदी किनार क्षेत्रमा युरेनियमको समेत खानी रहेको अध्ययन अनुसन्धानले देखाएको छ । रासस















प्रतिक्रिया