काठमाडौं, १ माघ । मधेसी मोर्चाका ११ बुँदे मागका विषयमा छलफल गर्न छ सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
राज्य व्यवस्था समितिको कार्यकक्ष सिंहदरबारमा जारी बैठकमा मधेसी मोर्चाको मागका विषयमा छलफल हुने सदस्यहरुले बताएका छन् । कार्यदलले तयार पार्ने प्रस्तावमा शीर्ष नेताहरुले हस्ताक्षर गर्ने छन् ।
बैठकमा कार्यदल सदस्यहरुले भीम रावल, महेश आचार्य र कृष्णबहादुर महरा सहभागी छन् ।
मधेसी मोर्चाबाट हृदय त्रिपाठी, तमसपाका वरिष्ठ नेता रामनरेश राय र मंगलसिद्धि मानन्धर सहभागी छन् ।
कार्यदल सदस्य राजेन्द्र श्रेष्ठ अनुपस्थिति भएपछि उहाँको स्थानमा मानन्धरलाई पठाइएको हो ।















प्रतिक्रिया