३१ आश्विन २०८३, शनिबार

‘हुन्डाइ’ कार बिक्री सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hyundai-car

इटहरी, १ माघ । इटहरी उपमहानगरपालिका क्षेत्रमा ‘हुन्डाइ’को ‘आई २० एक्टिम’ र ‘क्रेटा’ कारको बिक्री सुरु भएको छ ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य तथा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष रोहित प्रसाइँले हुन्डाइ कार बिक्री कक्षको आज शुभारम्भ गर्नुभयो । हुन्डाइ कारको शुभारम्भकै दिन पाँचवटा कारको बुकिङसमेत भइसकेको छ ।

लक्ष्मी ‘इन्टरकन्टीनेन्टल’ प्राइभेट लिमिटे्डको नाममा बिक्री कक्ष शुभारम्भ कार्यक्रममा विराटनगर उप महानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मी, नेपाल जेसीजका पूर्व केन्द्रिय अध्यक्ष भोलेश्वर दुलाल, हुन्डाइ कारका अधिकृत बिक्रेता रमेश लामिछानेको उपस्थिति रहेको थियो ।

हुन्डाई कम्पनीले उत्पादन गर्दैआएको विभिन्न क्षमताका कारमध्ये इटहरीको यस सोरुमले पाँचजना क्षमता भएका न्यूनतम रु १७ लाख ७६ हजारदेखि अधिकतम रु एक करोड १८ लाखसम्मका कार बजारमा ल्याएको सञ्चालक सञ्जोक पराजुलीले जानकारी दिनुभयो ।

हुन्डाइ कारको सोरुमसँगै ‘सुजुकी र टाटा कम्पनीको सिप्रदी कम्पनीले कार तथा ठूला सवारी साधनको बिक्री कक्ष इटहरीबाट सञ्चालन गर्ने बताइएको छ । रासस