३१ आश्विन २०८३, शनिबार

‘साउदी अरब सुरक्षित छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

purna saudiसाउदी अरब, ३० पुस । पछिल्लो समय साउदी अरब र इरानबीच बढेको तनावलाई लिएर केही नेपाली अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत नेपाली कामदारलाई त्रसित र आतङ्कित पार्ने गरी फैलाइएको हल्लाको पछि नलाग्न रियादस्थित रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

दूतावासले एक सूचना जारी गरी यस्ता भ्रामक हल्लाका कारण साउदी अरबमा कार्यरत नेपाली कामदारमा त्रासको वातावरण सिर्जना भएको भन्दै साउदीमा कार्यरत नेपाली कामदारलाई सचेत रहन आग्रह गरेको हो ।

केही समयअगाडि यमनमा भएको गृहयुद्धका कारण साउदीको केही क्षेत्रमा आतङ्क फैलिएपछि नेपाली कामदारको सुरक्षा र सजगताका लागि २०१५ मे महिनामा दूतावासले जारी गरेको सूचनाको दुरुपयोग गरी केही नेपाली अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत फैलाइएको हल्लाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको दूतावासले जनाएको छ । रासस