३१ आश्विन २०८३, शनिबार

‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ महत सम्मानित

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramsaranहेटौँडा, ३० पुस । पूर्वअर्थमन्त्री डा रामशरण महत सम्मानति हुनुभएको छ ।

अन्तर्राष्ट्रियस्तरमा ‘उत्कृष्ट अर्थमन्त्री’ घोषित भएपछि मकवानपुर उद्योग वाणिज्य सङ्घ हेटौँडाद्वारा आज उहाँ सम्मानित हुनुभएको हो । सो अवसरमा उहाँले भूकम्प र नाकाबन्दीको अवस्थामा पनि नेपालको अर्थतन्त्र हालसम्म सन्तुलित अवस्थामा रहेको बताउनुभयो ।

“आर्थिक समृद्धिका लागि उद्योग वाणिज्य सङ्घ र राजनीतिक दलहरु एकजुट हुनुपर्छ” डा महतले भन्नुभयो । बन्द, हडताल, राजनीतिक भागबण्डा र स्वार्थ त्याग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार न्यौपानेको सहभागिता रहेको थियो । रासस