
काठमाडौं, ३० पुस । नेपाल प्रहरीमा भावी आइजीपीका दाबेदारका रुपमा चिनिदै आएका एक डिआईजीले चर्चित डन दीपक मनाङ्गेका सहयोगीलाई मिटर व्याजमा पैसा लगानी गरेको खुलेपछि प्रहरी र गुण्डाबीच नयाँ सम्बन्ध जोडिन लागेको छ ।
मनाङ्गेका सहयोगी उमेश लामाले ति डिआईजीको दुई करोड चलाएको चर्चाले यतिखेर इन्काउन्टरको डरमा रहेका अन्य गुण्डा नाइकेले पनि राहत महशुस गर्न थालेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
उमेश लामा, विष्णु लामा, दावा लामालगायतका मनाङ्गेका सहयोगीहरु यतिखेर दरबारमार्गतिर देखिन थालेका छन् ।
प्रहरीमा आफूलाई निकै सक्षम र स्वच्छ छविको ठान्ने ति डिआईजी यसअघि पनि लेनदेनको मुद्दामा फसिसकेका छन् भने उनी विरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी परि छानविन समेत भएको थियो ।
काठमाडौंमा प्रहरीले गुण्डागर्दी विरुद्ध अप्रेसन चलाएपनि प्रहरीकै पैसा खेलाउने गुण्डाका कारण कारबाही रोकिएको समेत हल्ला चलेको छ । मनाङ्गेका सहयोगी उमेश लामा तिनै व्य
हुन् जसले रक्तचन्दन कारोबारी चिनियाँ नागरिक धावा भन्नेलाई अपहरण गरी २० लाख फिरौती लिएका थिए ।
गुण्डा नाइके गणेश लामासँग रक्तचन्दनबाट कमाएको पैसाको भाग नमिलेपछि उमेशले ति चिनियाँ नागरिकलाई ठमेलको गजुर होटलबाट अपहरण गरी पैसा असुलेका थिए ।
त्यस्तै, लेनदेन नमिल्दा उमेशले बौद्धस्थित नयाँ वस्तीमा एक व्यक्तिको आठ करोड पर्ने बंगला एक करोडमै कब्जा गरेका थिए ।
नाङ्गेको अवैध कारोबार हेर्दै आएका उमेशले दरबारमार्गको प्रहरी भवन ठेक्कामा पारी निर्माण गरिसकेका छन् ।
त्यसैगरी प्रहरीका पूर्व एआईजी गंगा पाण्डे, मदन खड्कालगायतको पनि करोडौं रकम डुबिसकेको छ । कुमोद ढुंगेल नामका विवादास्पद डिएसपीले कालीमाटिका सुरेन हाडा मार्फत अनुराग पहाडी नामका व्यापारीलाई प्रहरीहरुको पैसा उठाई लगानी गरेकोमा पैसा डुबेपछि ढुंगेलले पहाडीलाई पेलेका छन् ।
कुनै समय प्रहरीका हाकिमहरुको पैसा उठाई क्यासिनो र मिटर ब्याजमा लगानी गर्ने विरेन्द्रलाल श्रेष्ठ र महेश सिंह भने यतिखेर गुपचुप छन् ।
स्रोतका अनुसार विराटनगरमा सरुवा भएका ढुंगेललाई काठमाडौंमै काज सरुवा गर्न अर्का डिएसपी भूपेन्द्र खत्रीले आईजीपीको सचिवालयमा चलखेल गर्दै आएका छन् ।















प्रतिक्रिया