काठमाडौं, ३० पुस । पाँच महिनाअघि प्रहरी मुठभेडमा मारिएका गुन्डा नाइके कुमार घैंटेका प्रमुख सहयोगी युवराज गुरुङ ‘सानुभाइ’ बुलेटप्रुफ ज्याकेट लगाएर हिडिरहेको अवस्थामा पक्राउ परे ।
गत २५ पुसमा नुवाकोटको रातमाटे गाविसको महादेवफाँटबाट पक्राउ परेका गुरुङ बुलेटप्रुफ ज्याकेट लगाएर एक राउन्ड गोली लोड गरिएको रिभल्वर बोकेर हिँडिरहेका थिए ।
प्रहरीसँगको बयानमा उनले ‘शत्रु’ धेरै भएकाले बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेको बताएको नुवाकोट प्रहरी प्रमुख डिएसपी सिद्धिविक्रम शाहले जानकारी दिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
डिएसपी शाहले भने,‘कसैले गोली हान्न सक्ने डरले ज्याकेट लगाउने गरेको देखिन्छ।’
गुरुङले कसैले गोली हान्न सक्ने डरले ज्याकेट लगाएको बताए पनि त्यो डर मुख्यतः प्रहरीकै हो भन्ने बुझ्न गाह्रो पर्दैन ।
गुन्डा नाइकेमाथि प्रहरीले इन्काउन्टर गर्न थालेपछि उनीहरुले बुलेटप्रुफ ज्याकेट लगाउन थालेका हुन् ।
प्रहरीले आक्रामक कारबाही थालेपछि केही भागेका छन् भने केहीले सुरक्षाका लागि बुलेटप्रुफ ज्याकेट लगाउन थालेका हुन् ।
राजधानीमा दुर्इ ठूला गुन्डा नाइके प्रहरी मुठभेडमा मारिएपछि गुन्डागर्दीमा संलग्नहरु डराउन थालेका छन् ।















प्रतिक्रिया