६ कार्तिक २०८३, शुक्रबार

डाक्टर बन्न आरक्षणमा हिँडेका यिनीहरूको प्रमाण पत्र नक्कली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doctor-checkupकाठमडौं, ३० पुस । बंगलादेशस्थित विभिन्न विश्वविद्यालय तथा कलेजमा चिकित्साशास्त्र अध्ययनका लागि छात्रवृृत्ति पाएका विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र नै नक्कली भेटिएको छ ।

दूतावासमा बुझाइएको प्रमाणपत्र नक्कली प्रमाणित भएपछि ५ जना जान नपाउने भएका छन् । दूतावासमा बुझाइएका प्रमाणपत्रमा एसएलसी बोर्ड, उच्चमाध्यामिक शिक्षा परिषद, शिक्षा तथा परराष्ट्र मन्त्रालयका छाप लागेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

सबैतर्फवाट परीक्षण भएर आउँदा पनि नक्कली प्रमाणित भएपछि सबैमा आशंका भएको दूतावासका एक अधिकारीले बताए ।

दूतावास स्रोतका अनुसार रवि शाह, निशा शाह, मुकेशकुमार भिन्दाबार, आशुतोष कर्णको प्रमाणपत्र नक्कली भेटिएको हो ।

अर्का एकजनाको भने परिषदबाट पूर्ण प्रतिवेदन आएपछिमात्र भन्न सकिने दूतावासका एक अधिकारीले बताए ।