६ कार्तिक २०८३, शुक्रबार

यस्तो बेथिति, फिजियोबिनै सागको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SAAG_game_400108759काठमाडौं, ३० पुस । उसु खेलाडी राजकुमार रसाइली बुधबार निक्कै हतारमा थिए। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको चिकित्सा विभागमा रहेको उपचारकक्षमा थेरापी गराएर निस्कँदै गरेका उनलाई केही बेरमै ग्वार्को स्थित ‘एम्स क्लिनिक’ पुग्नु थियो पाखुराको थप उपचारका लागि । पछिल्लो केही दिनयता उनको दैनिकी त्रिपुरेश्वर र ग्वार्को धाउनुमै बितिरहेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

आसन्न १२ औं दक्षिणएसियाली खेलकुद ९साग० का लागि छनोट भएका रसाइलीका अन्य साथी भने पोखरामा अभ्यास गरिरहेका छन् ।

रसाइली पनि यतिखेर उनका साथीसँगै पोखरामै हुनुपर्ने हो। तर घुँडा र पाखुराको चोटबाट ग्रसित उनी उपचारका लागि काठमाडौंमै बस्नुपर्ने भयो।

‘घुँडा र पाखुरामा समस्या छ। उपचार नगराई जाऊँ भने ट्रेनिङ गर्नसक्ने अवस्था छैन। पोखरामा यो उपचारको सुविधा पनि छैन । त्यसैले अभ्यास छाडेर यहीं उपचार गराउँदैछु’, दक्षिणएसियाली खेलकुदका स्वर्णपदकधारी रसाइलीले दुखेसो पोखे।

सन् २००६ मा श्रीलंकामा भएको १० औं सागमा स्वर्ण जितेका रसाइली झन्डै एक दशकपछि फेरि सागमा प्रतिस्पर्धा गर्न लागेका हुन्  ।

बंगलादेशले सन् २०१० मा आयोजना गरेको ११ औं सागमा उनको तौलसमूह समावेश गरिएको थिएन । त्यसैले दोस्रोपटक साग सहभागिताका लागि उनले झन्डै एक दशक नै कुर्नुपर्‍यो ।