१३ कार्तिक २०८३, शुक्रबार

मधेसी जनताको राष्ट्रियतामा शंका छैन, अंगिकृतलाई संवैधानिक पद दिनु हुँदैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shekhar Koiralaपोखरा, २९ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र लोकतन्त्रको रक्षार्थ पार्टीको ह्वीप समेत नमानेर आफूले दर्ता गरेको संशोधन प्रस्तावको सम्बोधन नभएकै कारण अहिले जटिल मोडमा पुगेको बताउँनुभएको छ ।

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आज पोखरामा आयोजना गरेको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै डा कोइरालाले महत्वपूर्ण विषयमा पार्टीभित्र आवस्यक छलफल नहुनु दुर्भाग्यपूर्ण भएको बताउँनुभयो ।

उहाँले राष्ट्रिय महत्व राख्ने विषयलाई कांग्रेसभित्र छलफल गरेर निर्णय गर्नुपर्ने मान्यताको संस्कृति हट्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

कांग्रेस नेता डा. कोइरालाले पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउन नसक्दा र सीमित नेताहरूको आफू खुसी निर्णय गर्ने कार्यले मुलुक र लोकतन्त्रलाई नै असर पुग्न गएको सांकेतिक रुपमा आरोप थियो ।

कांग्रेस नेता डा. कोइरालाले अंगिकृत नागरिकता प्राप्त गरेका ब्यक्तिहरू कुनै पनि हालतमा संवैधानिक निकायमा जान नहुँने आफ्नो स्पष्त धारणा रहेको उल्लेख गर्नुभयो । ‘तराई मधेसका जनताहरूको राष्ट्रियतामा शंका गर्नु हुँदैन’, उहाँले भन्नुभयो, ‘अंगिकृति नागरिकता लिएकालाई संवैधानिक निकायमा जान दिने हो भने मधेसी जनता त्यसको सबैभन्दा बढी मारमा पर्ने छन् ।’

समानुपातिक निर्वाचन प्रणाली अपनाए पनि संविधानमा थ्रेसहोल्ड राख्न नसक्नु ठूलो भुल भएको नेता डा. कोइरालाको भनाइ छ । ‘भविष्यमा यसले जटिल्ता सिर्जना गर्ने छ’, उहाँले भन्नुभयो, ‘संविधानमा थ्रेस होल्डको व्यवस्था सकिन्छ भने गर्नुपर्छ । अनिवार्य छ ।’