६ कार्तिक २०८३, शुक्रबार

खुमबहादुर कुन प्यानलमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khum-Bhadur-Khadka

काठमाडौं । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवाले सभापति पदमा उम्मेदवारी दिने भएपछि अर्का प्रभावशाली नेता खुमबहादुर खड्काको साथ कसलाई रहने भन्ने विषयमा पार्टीभित्र व्यापक जिज्ञासा उत्पन्न भएको छ ।

प्रमुख नेताहरु पछि पार्टीमा सर्वाधिक बलियो पकड भएका नेता मानिनु हुने खड्काको साथ जसलाई रहन्छ उसैको पल्लाभारी हुने भएकाले उनको भूमिकाप्रति बढी जिज्ञासा उत्पन्न भएको हो । पार्टीमा महामन्त्री या उपसभापतिको बलियो दाबेदार रहेका खड्काले अहिलेसम्म कसलाई साथ दिने भन्नेबारेमा मुख खोलेका छैनन् । उनले पार्टी संगठन सुदृढीकरण, मधेस समस्या, सनातन हिन्दूराष्ट्र र कम्युनिष्टलाई हेर्ने दृष्टिकोणमा निकट रहेका नेतालाई सभापति बन्न सहयोग पुर्याउने संकेत भने दिएका छन् ।

यसक्रममा खड्काले सुशील कोइरालालाई साथ दिनसक्ने सम्भावना न्यून रहेको र शेरबहादुर देउवा र रामचन्द्र पौडेलमध्ये एकको पक्षमा उभिने अनुमान गरिएको छ । खड्काको समर्थकहरु मध्ये अधिकांशले देउवासँग मिले जानु उपयुक्त हुने सुझाव दिएका छन् भने केहीले रामचन्द्र पौडेललाई साथ दिनु उचित हुने बताएका छन् ।

गत शनिबार नेता खड्काको सानेपास्थित निवासस्थानमा भएको शुभचिन्तकहरुको एक भेलाले उपरोक्त सुझाव दिएको हो । भेलामा उपस्थित कतिपय सहभागीले नेता रामचन्द्र पौडेललाई अन्तिमसम्म अड्नेमा पनि आशंका गरेका छन् ।

देउवा र पौडेल दुवैसँग छलफल गरेपछि मात्र खड्काले निर्णय लिने र त्यस्तो निर्णय आगामी १० दिनभित्रै हुने बुझिएको छ । घटना र विचार साप्ताहिकमा खबर छ ।