काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्न चाहनेहरुको संख्या दश पुगेको छ ।
सम्भावित उम्मेद्वारको सूचीमा सर्वाधिक थोत्रो नेता सुशील कोइरालादेखि नयाँ नेता गगन थापासम्म छन् । पार्टीका प्रमुख नेताहरु सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच हुने सम्भावित प्रतिस्पर्धालाई उच्च चासोका साथ हेरिएकोमा युवा नेता गगन थापालाई समेत एकथरी नेता–कार्यकर्ताले पार्टी सभापतिमा उम्मेद्वार बन्न सुझाव र दबाब दिइरहेको बुझिएको छ ।
गत सोमबार धुलिखेलमा सम्पन्न कांग्रेसका केही नेता तथा कार्यकर्ताहरुको प्रतिनिधिमूलक भेलाले थापालाई सभापतिको उम्मेद्वार बनाउने निष्कर्श निकालेको छ ।
स्रोतका अनुसार थापाले नेतृत्व युवालाई हस्तान्तरण गर्न सभापति कोइरालालाई दबाब समेत दिइरहेका छन् । यसपालि थापा कोइरालासँगै भिड्ने मनस्थितीमा पुगिसकेको जनाइएको छ । घटना र विचार साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया