१३ कार्तिक २०८३, शुक्रबार

मुलुकले छिटै सङ्कटबाट मुक्ति पाउनेछ: भुमिसुधार मन्त्री सुब्बा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramkumar-Subbaभद्रपुर, २९ पुस । भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले नाकाबन्दीका कारण मुलुकमा देखिएका सङ्कट छिट्टै अन्त्य भई सहज वातावरण बन्ने बताउनुभएको छ ।

मालपोत कार्यालय भद्रपुर झापाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले मुलुकको समस्या समाधान गर्न कुटनीतिक प्रयास भइरहेकाले आम नागरिकलाई विचलित नहुन आग्रह गर्नुभयो ।

मन्त्री सुब्बाले सरकारी कार्यालयबाट सम्पादन हुने कार्यमा राष्ट्रसेवक कर्मचारी चनाखो भएर जनताको काम सरल, सहज तरिकाले समयमै सम्पन्न गर्न निर्देशन दिंँदै नवनिर्मित भवनले जनताको कामलाई सर्वसुलभ तरिकाले सम्पन्न गर्न मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले दैवीप्रकोप र नाकाबन्दीका कारण निराश भएका जनताका कामलाई इमान्दारीपूर्वक सम्पन्न गरी दिएमा हौसला बढ्ने भन्दै नीति, नियमले मिल्ने सबै काम गर्न कसैको आदेशलाई नपर्खन कर्मचारीलाई निर्देशन पनि दिनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले नवनिर्मित भवनले जनताको काममा सहज हुने बताउनुभयो ।

भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रोहितकुमार भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला अदालत झापाका न्यायधीश क्रृषिराम निरौलाले स्वच्छ सेवालाई राष्ट्रसेवक कर्मचारीले कर्मको रुपमा लिनुपर्ने सुझाव दिनुभयो ।
चार तले नवनिर्मित सो भवन रु दुई करोड ९१ लाख लागतमा निर्माण गरिएको हो । रासस