
– सुदीप अधिकारी
बर्दिया, २८ पुस । प्रेस चौतारी नेपाल बर्दियाको अध्यक्षमा डिलप्रकाश गौतम सर्वसम्मत निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न जिल्लाको सातौँ अधिवेशनले गौतमलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो ।
यसैगरी उपाध्यक्षमा जनक चौधरी, सचिवमा यज्ञप्रसाद सापकोटा, सह सचिबमा सरस्वती लामिछाने र कोषाध्यक्षमा दलबहादुर सुनार निर्वाचित भएका छन् ।
सदस्य पदमा क्रमश दिलिप लम्साल, सरम चौधरी, बलराम उपाध्याय, प्रभात सुवेदी, जोधीराम थारु, राजकुमार विक, मिना थारु र दिनेश ठाकुर सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी अधिवेशनबाट सुदीप अधिकारी, मानबहादुर थारु, मुकुन्द सुबेदी र सरस्वती लामिछाने केन्द्रिय पार्षदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सात बुँदे बर्दिया घोषणा पत्र जारी गरेको छ ।
जिल्लाको सातौँ अधिवेशनमा प्रेस चौतारी नेपालका केन्द्रिय सल्लाहकार गणेश बस्नेत, महासचिव माधब नेपाल, उपाध्यक्षद्धय सुरेन्द्र काफले र उपेन्द्र केसी सचिबद्धय गणेश पाण्डे र टिका बस्नेतलगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।












प्रतिक्रिया