१३ कार्तिक २०८३, शुक्रबार

गाउँका महिलाका लागि बरदान बन्दै बर्थिङ सेन्टर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barthing– कालु बोहरा
अछाम, २९ पुस । अछाम जिल्लाका बिभिन्न ग्रामिण स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टर स्थापना भएपछि सुत्केरी महिलाहरुलाई सहज भएको छ ।

भौगोलिक कठिनाई, सडक र यातायात सहज पहुंच नभएपनि गाँउमै स्थापना भएका बर्थिङ सेन्टरले सुरक्षित प्रसुती सेवालाई जनमुखी र प्रभावकारी बनाएको छ । ग्रामिणका गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा स्वास्थ्य संस्थामा बच्चा जन्माउनका लागि डोकोकै सहायताबाट भएपनि स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउन थालेका छन ।

यस्तै, कठिन समस्याका बावजुत मंगलबार अछामको पन्ध्रविस क्षेत्रको विकट गाविस षोडशादेवीकी एक महिलाले गाँउकै स्थानिय स्वास्थ्य संस्थामा २ बच्चाको जन्म दिएकी छन । गाविसको वडानम्वर ४ बस्ने चम्फा कडायतलाई सुत्केरी ब्याथाले च्यापेपछि घरमा असहज अवस्था हुंदा स्थानीयले डोकोमा बोकेर एक घण्टाको दुरीमा रहेको स्वास्थ्यचौकीमा पुर्यायपछि सुरक्षित रुपमा जुम्ल्याहा सन्तानको जन्म दिएकी हुन ।

सुत्केरी ब्याथाले च्यापेर उठन, बस्न समेत नसक्ने चम्फालाई स्वास्थ्यचौकीमा डोकोमा हालेर पुर्यायपछि सुरक्षीत रुपमा २ छोराको जन्म दिईएकी छन । स्वास्थ्यचौकीकी अनमी लक्ष्मी भट्टराईले ब्याथाले च्यापेकी महिलालाई स्वास्थ्यचौकी पुर्याईसकेपछि आफन्तलाई नआत्तिन आग्रह गर्दै सुरक्षीत रुपमा सुत्केरी गराएकी थिईन । कठायतले साढे तिन किलो र तिन किलो दुई सय ग्रामका नवजात शिशुहरुको जन्म दिएकी छन । पेटमा एउटा शिशु छड्के रहेको भए पनि आफ्नो एकल प्रयासले सकुशल रुपमा बच्चा जन्मे पछि आफू जीबनमै सबै भन्दा बढी खुशी भएको उनले बताईन ।

२०६७ साल देखि स्वास्थ्य चौकीमा कार्यरत रहेकी अनमी लक्ष्मी भट्टराईले आफूले यस्तो जटिल प्रकारको प्रसुती सेवा पहिलो पटक गराएको बताईन । बर्थिङ् सेन्टर गाउमै रहेको र तालिम प्राप्त अनमी स्वास्थ्य चौकिमै हुँदा चम्फा र नवजात शिशुको मृत्युको मुखबाट खोसेर ल्याएको चम्फाका आफन्तहरु बताउन छन ।

यसअघि यस्ता घटनाहरु जिल्ला अस्पताल, बयालपाटा अस्पताल वा जिल्ला बाहिर लिनु पर्ने हुदाँ गरिबिका कारण कयौ सुत्केरी महिलाको अकालमै ज्यान जाने गरेको थियो । पछिल्लो समय गाउँ गाउँमा बर्थिङ सेन्टर स्थापना भई तालिम प्राप्त स्वास्थ्यकर्मीको ब्यावस्थामा क्रमिक रुपमा सुधार भईरहेकाले ग्रामिणका महिलालाई निक्कै सहज भएको छ ।

अछामका ७२ स्वास्थ्यचौकी मध्ये ५५ वटामा बर्थिङ सेन्टर स्थापना भई सुरक्षित प्रसुती सेवा सुरु भई सकेको छ भने अन्य २७ वटा स्वास्थ्य संस्थामा पनि स्थापना हुने चरणमा रहेको जिल्ला अस्पतालको तथ्यंक रहेको छ । हाल जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालले अप्रेसन सहितको सघन प्रसुती सेवा प्रदान गरिरहेको छ ।