काठमाडौं, २९ पुस । सिन्धुपाल्चोक १ नम्बरमा उच्चतम खाद्य असुरक्षित जिल्लाको सूचीमा सबैभन्दाअघि सिन्धुपाल्चोक छ ।
न्धुपाल्चोकका ३३ गाविस खाद्य सुरक्षाका दृष्टिले उच्च जोखिममा छन् । दोस्रो स्थानमा रहेको गोरखाका २० गाविस भोकमरीको उच्च जोखिममा छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
त्यसपछि नुवाकोटका १३, रामेछापका १२, दोलखाका ११ र रसुवाका दुई गाविस उच्च जोखिममा छन् । कृषि मन्त्रालयको तथ्यांक स् भूकम्प प्रभावित जिल्लाका ४८ हजार परिवारका दुई लाख ६० हजार जनता भोकमरीको उच्च जोखिममा रहेका छन् ।
६ जिल्ला उच्च जोखिममा
भूकम्प प्रभावित जिल्ला खाद्य सुरक्षाको दृष्टिले उच्च जोखिममा छन् । कृषि मन्त्रालयको तथ्यांकअनुसार सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रामेछाप, दोलखा र रसुवा गरी ६ जिल्लामा मात्रै ४८ हजार ६ सय घरधुरीका दुई लाख चार हजार चार सय जनता खाद्य सुरक्षाको उच्च जोखिममा छन् ।
धानको उत्पादन २२ र मकैको २० प्रतिशतले घट्यो, मूल्यवृद्धि ८० प्रतिशत भूकम्पपछि यी जिल्लामा धान २२, मकै २० र कोदो उत्पादन १० प्रतिशतले घटेको मन्त्रालयको तथ्यांक छ ।
त्यस्तै, पशुपालन उत्पादन १६ प्रतिशतले घटेको छ । भूकम्प प्रभावित जिल्लामा मूल्यवृद्धि ८० प्रतिशतले बढेको छ । वैशाखयता विप्रेषण प्रवाहमा २० प्रतिशतले कमी आएको छ ।
भूकम्प प्रभावित जिल्लामा खाद्य असुरक्षा उच्च तहमा पुग्नुमा यिनै कारण रहेको कृषि मन्त्रालयले जनाएको छ ।
बाजुरा र मुगु पनि उच्च जोखिममा
मन्त्रालयको तथ्यांकअनुसार बाजुराका १० गाविस खाद्य सुरक्षाका दृष्टिले उच्च जोखिममा छन् । जिल्लाका सात हजार चार सय घरधुरीका ३२ हजार आठ सय जनता जोखिममा छन् ।
मकै तथा कोदो उत्पादन ५० प्रतिशत तथा धान उत्पादन १३ प्रतिशतले घट्नु मुख्य कारण रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, जिल्लामा रोजगारीको अवसर पनि ३० प्रतिशतले घटेको छ ।
मुगुका १२ गाविस र डोल्पाका सात गाविस पनि खाद्य सुरक्षाका दृष्टिले अत्यन्त जोखिममा छन् । दुई जिल्लाका चार हजार घरधुरीका २२ हजार आठ सय जनता खाद्य सुरक्षाका दृष्टिले उच्च जोखिममा छन् ।















प्रतिक्रिया