६ कार्तिक २०८३, शुक्रबार

नेपालमा फेरि यसरी जाँदैछ शक्तिशाली भूकम्प, केन्द्र काठमाडौं हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-epicenter-earthquakeकाठमाडौं, २९ पुस । नेपालमा अर्को शक्तिशाली भूकम्पको सम्भावना एक बेलायती अध्ययनले औँल्याएको छ ।

टेक्टोनिक प्लेटको घर्षणले गत वैशाखमा गोरखा, बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पजस्तै अर्को भूकम्प फेरि जान सक्ने सम्भावना सार्वजनिक एक अन्तर्राष्ट्रिय अध्ययनले सोमवार गरेको छ ।

भूकम्पको केन्द्र काठमाडौं आसपास हुन सक्ने अध्ययनको निचोड छ । अनुसन्धान समूहका प्रमुख समेत रहेका बेलायती अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक जोन एलियटको आफ्नो अनुसन्धान निचोडबारे सोमवार विज्ञप्ति जारी गर्दै टेक्टोनिक प्लेट घर्षणले गहिराइबाट चिरा परी सतहतर्फ आएको ऊर्जा राजधानी काठमाडौंको सतहबाट ११ किलोमिटर मुनि रोकिएर बसेको जनाएको समाचार नागरिक दैनिकले छापेको छ ।

वैशाखको भूकम्प अध्ययनमा संलग्न उक्त अनुसन्धाता समूहले राजधानी काठमाडौंको सतहमुनि नै टेक्टोनिक घर्षणको स्म्भावना औल्याएको हो ।

काठमाडौंको सतहमुनि ऊर्जा अड्किए पनि मास्तिरको भाग चिरा नपरेका कारण गत वर्ष सबै ऊर्जा बाहिर निस्कन नपाएको अध्ययनले देखाएको छ ।

यसको अर्थ काठमाडौंमा फेरि अर्को ठूलो भूकम्प जाने सम्भावना बाँकी नै रहेको नेचर जोयोसाइन्स जर्नलमा प्रकाशित जोनकै अनुसन्धानकर्ता समूहको लेखमा उल्लेख छ ।

अनुसन्धानकर्ताका अनुसार ऊर्जा जमिनुनि अड्किएकै कारण अर्को शक्तिशाली भूकम्प सयौँ वजर्षमा नभएर केही वर्ष वा केही दशकभित्रै जाने प्रबल सम्भावना छ ।

जमिनमुनि बैशाखको भूकम्पले पारेको चिराको माथिल्लो भागमा ऊर्जाको दबाब निरन्तर बढ्दो छ ।