६ कार्तिक २०८३, शुक्रबार

भारतले फेरि नेपालीसँग भारत प्रवेश गर्दा रकम उठाउन थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biratnagar-Naka-2काठमाडौं, २९ पुस । जोगबनीस्थित भारतीय भन्सारले चौबीस घन्टाका लागि भन्दै भारत प्रवेश गर्ने नेपाली सवारीसाधनसँग रकम उठाउन थालेको छ ।

नयाँ नियमअनुसार भारतीय भन्सारमा नेपाली सवारीसधानलार्इ प्रतिमोटरसाइलक ३० रुपैयाँ, सिटीरिक्सा ७० रुपैयाँ, साना चारपांग्रे साधन ८० रुपैयाँ र बसलाई १ सय ५० रुपैयाँ शुल्क लिन थालिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

औद्योगिक कच्चा पदार्थ, विभिन्न तयारी बस्तु र व्यापारिक सामान बोकेर भारत प्रवेश गर्ने ढुवानीका साधनबाहेक नेपाली नम्बर प्लेटका सवारीसधानलाई जोगबनी भन्सार कार्यालयले एक दिनको मान्यता पाउने गरी अस्थायी पासको व्यवस्था गरेको छ ।