
ठमाडौं, २८ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेड नारायणगढ शाखाले नवलपरासीको गैडाकोट ०३ ढोडेनीमा मंगलबार एक दिने बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
साक्षरता कार्यक्रममा नारायणगढ शाखाका शाखा प्रबन्धक शंकर पुरीले स्वागत मन्तब्य राख्दै जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ भन्ने सोचसहित स्थापित यस बैंकका बित्तिय साक्षरता कार्यक्रमले शिक्षक, बिद्यार्थी, पेशाकर्मी, संघसंस्था, स्कूल, ब्यापारी, गृहणी महिला तथा लघुउद्यमीलाई प्रत्यक्ष फाईदा पुग्ने बताए । साथै, बैंकले प्रदान गर्ने आधुनिक प्रबिधिमा आधारित सेवाहरुको बारेमा पनि प्रकाश पारेका थिए ।

यसै नारायणगढ शाखाका लघुबित्त डेस्क प्रमुख भिमलाल पौडेलले बित्तिय साक्षरता तथा बचतका बारेमा जानकारी गराएका थिए । त्यसैगरी सिमित बैंकिङ्ग प्रमुख यादब प्रसाद भट्ट, ईश्वर सापकोटा, सन्तोष रोका र मेघराज ढकालले बचत के हो, बचत गर्ने तरिका, बचत किन जरुरी छ, आबश्यक तथा अनाबश्यक खर्च, कर्जा प्रदायकका छनौट, पारिवारिक बजेट, बिमा लगायतका बिषयमा प्रष्टाएका थिए ।
बैंकले बिगत दुई बर्षदेखी बित्तिय पहुँच नपुगेका क्षेत्रहरुमा साक्षरता कार्यक्रमलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्दै आईरहेको छ । सोही बमोजिम अभियानलाई निरन्तरता दिने क्रममा आउँदो माघ महिनामा चितवनको खोलेसिमल, पार्बतीपुर र नवलपरासीको गिरुबारी, गोपिगञ्ज तथा रुपन्देहीको बुटवल, भैरहवा र हरैयामा पनि बित्तिय साक्षरता कार्यक्रम गर्ने योजना बनाएकोे छ ।















प्रतिक्रिया