१३ कार्तिक २०८३, शुक्रबार

अब स्थायी नियुक्ति गर्दा लोकसेवाको परामर्श लिनुपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lok-sewa-aayogeकाठमाडौँ २८ पुस । लोकसेवा आयोगले नेपाल सरकारबाट निवृत्तिभरण पाउने पदमा स्थायी नियुक्ति गर्दा लोकसेवा आयोगको परामर्श लिनुपर्ने जनाएको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा २४३ को उपधारा (५) मा ‘नेपाल सरकारबाट निवृत्तिभरण पाउने पदमा लोकसेवा आयोगको परामर्शबिना स्थायी नियुक्ति गरिने छैन’भन्ने व्यवस्था गरी बृहत दायरालाई समेटेकाले आयोगको परामर्श अनिवार्य भएको जनाएको छ ।

आयोगले उक्त व्यवस्थालाई अवज्ञा गरी निवृत्तिभरण पाउने गरी कुनै पनि पदमा नियुक्ति गरेमा त्यस्तो नियुक्ति संविधानको व्यवस्था प्रतिकूल हुने हुँदा त्यस्तो नियुक्ति नगर्न सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ । रासस