महेन्द्रनगर, २८ पुस । अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय सदस्यमा कञ्चनपुरबाट शिक्षक जगदिश सेट्टी मनोनित हुनुभएको छ ।
सोमबार राजधानी काठमाडौंमा सम्पन्न ट्रेड युनियन महासंघको केन्द्रीय कमिटी बैठकले शिक्षक सेट्टीलाई कञ्चनपुरबाट केन्द्रीय सदस्य पदमा मनोनित गरेको महासंघका सात नम्बर प्रदेशको इन्चार्ज नरहरीनाथ योगीले जानकारी दिनुभयो ।
सेट्टी उदय सरस्वती क्याम्पस बंकका सहायक क्याम्पस प्रमुख तथा जेवि एकेडेमी कृष्णपुर २ बाणीका प्रिन्सिपल हुनुहुन्छ । ८ वर्षदेखि शिक्षण पेसामा कार्यरत सेट्टी २०६३ सालदेखि अखिल नेपाल शिक्षक संगठनमा आबद्ध हुनुहुन्थ्यो ।
संगठनका पूर्व जिल्ला सहसचिव समेत रहनुभएका सेट्टीलाई ट्रेड युनियन महासंघले कञ्चनपुरबाट केन्द्रीय सदस्यमा मनोनित गरेको हो । सेट्टी कञ्चनपुरका क्रियाशिल शिक्षक हुनुहुन्छ ।












प्रतिक्रिया