१३ कार्तिक २०८३, शुक्रबार

सर्वोच्चले अख्तियार आयुक्त गुरुङको फाइल मगायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sabitri Gurungकाठमाडौँ, २८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सावित्री गुरुङसँग सम्बन्धित फाइल आज सर्वोच्च अदालतले मगाएको छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले गुरुङसँग सो फाइल मगाएको हो ।

आयोगका आयुक्त गुरुङले त्रिभुवन विश्वविद्यालयअन्तगर्तको रत्नराज्य लक्ष्मी क्याम्पसको सहप्राध्यापकबाट पनि सुविधा लिइरहेको भन्ने आरोप लागेपछि सर्वोच्चले गुरुङको फाइल मगाएको आदेशमा उल्लेख छ ।

नेपालको संविधानविपरीत आयुक्त गुरुङले दोहोरो सुविधा लिएको भन्दै अधिवक्ता रमेश काफ्लेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

आयुक्त गुरुङले दोहोरो सुविधा लिएको विवादमा तानिएपछि आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आयुक्त गुरुङलाई गत बुधबारदेखि जिम्मेवारीबाट मुक्त गर्नुभएको छ । रासस