१३ कार्तिक २०८३, शुक्रबार

नेपालगञ्जमा मुश्लिम युवती जिस्काएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saudi-compressed-580x395

नेपालगञ्ज, २८ पुस । नेपालगञ्जमा मश्लीम समुदायकी युवती जिस्काएपछि हंगामा भएको छ ।

शम्शेरगंज–८ बाइनापुरमा जानमी खातुनलाई शम्शेरगंज–७ बस्ने दुखी लोनिया चमारले जिस्काएको बिषयलाई लिएर बादबिबाद हुँदा कुटपीट भएको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कुटपिट गर्ने ७ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सो विवादमा दुवै पक्षले आ–आप्mना मानिसहरु बोलाई कुटपिट हुँदा शम्शेरगंज–७ बस्ने १८ वर्षीय श्याम चौहान र शम्शेरगंज–८ बस्ने २८ वर्षीय शम्शेर साई गम्भीर घाइते भएका थिए ।

उनीहरुलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ । सो क्रममा सोही ठाउँ बस्ने जलाऊदिन खानको २ वटा टेन्टको घरमा समेत आगो लगाइदिएका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।