१३ कार्तिक २०८३, शुक्रबार

गोरखामा आगलागी, ३० लाखको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

गोरखा, २८ पुस । गए राति छुट्टाछुट्टै दुई ठाउँमा आगलागी हुँदा रु ३० लाख बराबरको क्षति भएको छ । गोरखा नगरपालिका–७ स्थित गोरखकाली कपास उद्योग र गोरखा नगरपालिका–१ स्थित बसपार्कमा रहेको शङ्कर टेलर्समा आगलागी भएको हो ।

कपास उद्योगमा आगलागी हुँदा कपासका साथै यन्त्र जलेर नष्ट भएको सञ्चालक सुरेन्द्र भन्तनाले जानकारी दिनुभयो । उद्योगमा तयारी सिरक र डसना पनि जलेर नष्ट भएको छ । आगलागीबाट रु २० लाख क्षति भएको बताइएको छ ।

त्यस्तै गए राति ११ बजे शङ्कर टेलर्समा इस्त्रीमा विद्युत् चुहावट भई आगलागी भएको अनुमान गरिएको छ ।

प्रहरी र स्थानीयवासी मिलेर राति नै आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केशव रेग्मीले जानकारी दिनुभयो । आगलागीबाट रु १० लाखको क्षति भएको जनाइएको छ । रासस