
काठमाडौं । वन तथा भूसंरक्षण मन्त्री अग्नी सापकोटा दोहोरो भूमिकामा चीन भ्रमणमा निस्किएका छन् ।
वन तथा जैविक विविधता संरक्षण क्षेत्रमा पारस्परिक सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्न र एमाओवादी र चिनियाँ कम्युनिष्ट पार्टीबीचमा औपचारिक छलफल गर्न एमाओवादी स्थायी समिति सदस्यसमेत रहेका सापकोटा सोमबार बेइजिङतर्फ गएका हुन् ।
चीनको वन मन्त्रालयको निमन्त्रणामा मन्त्री सापकोटा मन्त्रालयका कर्मचारीसहित बेइजिङ गएका हुन् ।
इन्धन व्यापार लगायत ८ बुँदे सम्झौता गरेको नेपालले चीनसँग वन तथा पैदावारसम्बन्धि महत्वपूर्ण विषयको सम्झौतामा हस्ताक्षर गर्न लागेको हो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।















प्रतिक्रिया