
काठमाडौं । आन्दोलनरत मधेसी मोर्चासँगको सम्बन्ध सकारात्मक बनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सद्भावा पार्टी अध्यक्ष राजेन्द्र महतोसँग सोमबार फोनवार्ता गरेका छन् ।
उनीसँग टेलिफोन गरी स्वास्थ्यस्थितिबारे जानकारी लिएको प्रधानमन्त्रीनिकट स्रोतले जनायो । महतोले आफू स्वस्थ भइसकेको जानकारी दिँदै ओलीसँग देशको स्वाथ्य ठीक पार्न आग्रह गरेका थिए ।
सम्बन्ध सुधारका निम्ति प्रधानमन्त्री ओलीले महतोसँग कुराकानी गर्न चाहेका थिए । महतो पनि प्रधानमन्त्रीसँग संवाद अघि बढाएर सौहार्द वातावरण बन्दै गएको सन्देश दिन चाहन्थे । नागरिक दैनिकमा खबर छ ।















प्रतिक्रिया