
धनगढी, २८ पुस । आफूलाई प्रजातन्त्र र लोकतन्त्र पक्षधरको हिमायती ठान्ने नेपाली काँग्रेस सदस्यता वितरणमा निरंकुश देखिएपछि कैलालीका कार्यकर्तामा निराशा छाएको छ ।
काँग्रेसको आसन्न १३ औं महाधिबेशन नजिकिदैं गर्दा कैलाली काँग्रेसमा बेमौसमी नाटक मञ्चन हुन थालेको छ । संस्थापन पक्ष काँग्रेस केन्द्रिय कार्यालय र देउवा पक्षका कैलालीको काँग्रेस पार्टी कार्यालयमा सदस्यता विषयलाई लिएर अनसनमा बसे ।
केन्द्रीय समितिले १६ सय ४४ जनालाई नयाँ क्रियाशिल सदस्यता वितरण नगर्ने भनेपछि यहाँ बसेको अनसन तोडिएको हो । नेपाली काँग्रेस कैलालीमा देउवा पक्षका केही नेता तथा कार्यकर्ता अबैधानिक बाटोबाट वितरण गरिएको क्रियाशिल सदस्य रद्द गर्नुपर्ने भन्दै यही २५ गतेबाट रिलेअनसनमा बस्दै आए थिए ।
तर केन्द्रीय समितिले पुरानो सदस्यतालाई यथावत गरि नयाँ क्रियाशिल सदस्य खारेजीको निर्णय पश्चात रिलेअनसनमा बसेका ती नेता तथा कार्यकर्ता असन्तुष्टि जाहेर गर्दै रिलेअनसन तोडेपनि असहमति जनाउदै आएका छन् ।
नेपाली काँग्रेसका महासमिति सदस्य नारायणदत्त भट्टले बैधानिक बाटोबाट आएका सदस्यहरु पनि खारेजीमा पर्नुले पार्टीलाई ठूलो घाटा भएको बताए । केन्द्रीय समितिले गरेको निर्णय अनुचित भएको भन्दै उनले त्यसका लागि यो महाधिबेशनमा आवाज उठाएर छोड्ने बताए ।
कैलाली काँग्रेसमा नयाँ र पुरानो गरी छ हजार ५ सय जना काँग्रेस केन्द्रीय समितिले गरेको निर्णयका कारण सदस्यता पाउनबाट बञ्चित भएका भट्टले बताए ।
काँग्रेस नगर उपसभापति पुर्ण कुवँरले भने नयाँ युवाहरुलाई पार्टीमा ल्याउन बञ्चित गरेकाले काँग्रेस एक पुस्ता पछी हटेको छ । उनले ९० प्रतिशत युवाहरु नयाँ सदस्यता पाउनबाट बञ्चित भएका छन् यसले पार्टीलाई ठूलो असर पुग्ने देखिन्छ ।
त्यसै गरी नेपाल महिला संघकी नगर सभापति जागृती बोगटीले नयाँ सदस्यता रद्द गरेको निर्णयबाट काँग्रेसलाई ठूलो धक्का लागेको बताउँदै आगामी निर्वाचनमा यसको परिणाम नकारात्मक देखिने बताइन् ।
नयाँ क्रियाशिल सदस्यता पाउनबाट बञ्चित रहेका खगेन्द्रबहादुर ऐरले हामी जस्ता युवालाई पार्टीले सदस्यता दिनबाट बञ्चित गरेकोले दुखी छौं यसमा काँग्रेसलाई ठूलो घाटा भएको छ ।
काँग्रेसको १३ औं महाधिबेसन नजिकीदै गर्दा कैलाली काँग्रेसमा त्रिपक्षिय गुटउपगुट देखिएको स्वयं काँग्रेस कार्यकर्ता बताउँछन् । महाधिबेसन प्रतिनिधिमा आउनका लागि नाम कहलिएका काँग्रेस नेताहरुले सुरक्षित स्थानमा सदस्यता सारेका बताइएको छ ।












प्रतिक्रिया