
– नरेश केसी
मर्चवार, २८ पुस । रुपन्देही सदरमुकाम भैरहवा नजिकै भएर पनि बत्तिमुनिको अध्यारो जस्तै भएको मर्चवारका ३ जना किसानहरु कृषिको लागि नमूना देश इजरायलमा सीप सिक्न पुगेका छन् ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड गोनहाका शेयर सदस्य अशोक साहनी, अखलेश्वर तिवारी र प्रविण बरई निशुल्क रुपमा उन्नत प्रविधिको कृषि पेशा सिक्ने अभिप्रायले एक वर्षको लागि इजरायल गएका हुन् ।
संस्थाका अध्यक्ष ओमप्रकाश यादव गुलजारीले दिएको जानकारी अनुसार तीन जना कृषकहरुले एक वर्ष सम्म इजरायलमा उन्नत कृषिको बारेमा सीप सिक्नुको साथै मासिक तलब पनि पाउनेछन् ।
खाद्यान्नको उर्बरभूमी भएर पनि बैज्ञानिक व्यवस्थापन हुन नसकेको मर्चवार क्षेत्रमा वैदेशिक कृषि प्रविधी र सीप भित्राउने ध्ययेले छानिएका किसानहरुलाई इजरायल पठाइएको अध्यक्ष यादवले जनाए । एक वर्षपछि उनीहरु फर्केर मर्चवार र देशको अन्य क्षेत्रमा इजरायलमा सिकेको कृषि सीप सबै किसानलाई सिकाउने पनि यादवको भनाई छ ।
यसैबीच साना किसान सहकारीले आफ्नो १२ औं साधरण सभा सम्पन्न गरेको छ । सहकारी डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र प्रसाद घिमेरेको प्रमुख आतिथ्यता, साना किसान विकास बैंक बुटवलका प्रमुख शेर बहादुर चौधरीको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष यादवको अध्यक्षता एवं प्रबन्धक अभय तिवारीको सञ्चालनमा सम्पन्न उक्त साधरण सभामा लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना, इप्रका मझगावका इन्चार्ज राजकुमार सिंह, समाजसेवी मोहमद इश्लाम लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
साधरणसभाले संस्थाको आर्थिक वर्ष २०७१÷०७२ को नाफा ५० लाख ३५ हजार लाई अनुमोदन गर्दै नाफाको १५ प्रतिशत लाभांस बाड्ने निर्णय पनि गरेको छ ।
७ सय २३ जना महिला र ९ सय ९६ जना पुरुष सदस्य गरी १ हजार ७ सय १९ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुजिं २७ लाख ३३ हजार ३ सय रहेको छ ।
संस्थाले सोलार बत्ति, व्यवसायिक मासु पसलको लागी विशेष कर्जा योजना सार्वजनिक गरेको छ । यसैगरी कुनैपनि शेयर सदस्यको मृत्यु भएमा ५० हजार सहयोग दिने पनि प्रस्ताव पारित गरेको छ ।
नितान्त किसानहरुको मात्रै शेयर सदस्यता रहेको सो सहकारीले कृर्षी पेशालाई आधुनिक र व्यवसायिक बनाउन विशेष पहल गर्ने पनि जनाएको छ । यसैबीच सहकारीले पत्रकारहरुलाई सम्मान समेत गरेको छ । सहकारीद्धारा सम्मानित हुने पत्रकारहरुमा माधव ढुङ्गाना, भुवन पाण्डे, नरेश केसी, कमल रायमाझी, कन्हई यादव, सरीना मरासीनी, शारदा मल्ल, माधव न्यौपाने, सलमान खान, मनोरन्जन शर्मा, श्याम शंकर पाण्डे र राधेश्याम विश्वकर्मा छन् ।















प्रतिक्रिया