२३ कार्तिक २०८३, सोमबार

संविधानको पुरक संशोधनमा कसरी अगाडि बढ्ने मै अन्यौल, सहमतिको प्रयास भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २८ पुस । प्रमुख दलहरूले मधेसी मोर्चाका मागप्रति सहमति खोज्न सुरू गरेको धेरै दिन भइसकेको छ । छलफलहरू भएपनि सहमति हुन सकेका छैनन् ।

शीर्ष नेतृत्वमा अहिले छलफल नै हुन छाडेका छन् । कार्यदलस्तरमा हुने छलफलले खासै ठोस सहमति हुने देखिएको छैन ।

उता, भोलि बुधबारदेखि संसदको बैठक बस्दैछ । बैठकमा संविधान संशोधनसम्बन्धी पहिलो विधेयकमा छलफल हुने कार्यक्रम छ । संविधान संशोधनमा परेका पुरक थुप्रै संशोधनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा दलहरू अझै अन्यौलमा छन् ।

ती पुरक संशोधन प्रस्तावलाई समिति बनाएर छलफल गरी समायोजन गरेर जानेकि सदनमै छलफल गराउने भन्ने विषयमा पूर्व सहमति हुन अनिर्वाय रहेको संसद सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार अलग समिति बनाएर पुरक संशोधन प्रस्तावमा छलफल हुन सक्नेछ । समितिमा रहेन सदस्यका विषयमा भने दलहरूका बीच छलफल गरेर सानो आकारको बनाउन राम्रो हुने संसद सचिवालयको भनाइ छ ।

यद्यपि पुरक संशोधन गर्ने सांसदहरू कै संख्या धेरै भएकाले समिति बनाउन पनि कठिनाइ देखिएको छ ।