
काठमाडौँ, २७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका अवकाशप्राप्त प्रमुख अनुसन्धान अधिकृत दीपक निरौलाले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा लिएको भन्दै विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
निरौलाले बढुवा प्रयोजनका लागि पेस गरेको विहार विश्वविद्यालय मुजफ्फपुर, भारतबाट सन् १९९१ मा स्नातक उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार निरौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार हदैसम्मको कारबाहीको माग दाबी गरिएको प्रवक्ता पुस्करले जानकारी दिनुभयो । रासस












प्रतिक्रिया