१३ कार्तिक २०८३, शुक्रबार

बाउन्नकोटी वन लुम्बिनीको ‘मोती’ हो (फोटो फिचर )

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ban pic (5)

– नरेश केसी
बाउन्नकोटी (चिमटीप), २७ पुस । बाउन्नकोटी सामुदायियक वन लुम्बिनीको ‘मोती’ भएको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

कार्यक्रममा सहभागी वक्ताहरुले विश्व पर्यटनको केन्द्र लुम्बिनीको विकासको लागि प्राकृतिक सम्पदाले भरिपूर्ण बाउन्नकोटी सामुदायिक वनलाई विकास गर्नुपर्नेमा जोड दिए । उनीहरुले बाउन्नकोटी वन लुम्बिनीको ‘मोती’ भएको दाबी गर्दै यसको संरक्षणमा सबै लाग्ने पनि जनाए ।

वक्ताहरुले विश्भरी क्लाईमेट चेन्ज भईरहेको बेला १५४ दशमलब ७५ हेक्टर क्षेत्रफलमा फैलिएको बाउन्नकोटी वनको संरक्षणले लुम्बिनीको सौन्दर्यतामा टेवा पुग्ने पनि जनाए ।

रुपन्देहीको चिल्हीया, मधवलिया, टिकुलीगढ र पडसरी गाविसमा फैलिएको बाउन्नकोटी सामुदायिक वन वार्षिक साधारण सभालाई सम्बोधन गर्दै जिल्ला वन कार्यलय रुपन्देहीका प्रमुख डिएफओ इन्द्र पछाईले बाउन्नकोटीको बैज्ञानिक व्यवस्थापनमा जोड दिएका छन् । डिएफओ पछाईले लुम्बिनीको काखमा रहेको बाउन्नकोटी वन जस्तो प्राकृतिक सम्पदालाई सहि ढंगले अझै व्यवस्थापन गरेमा स्थानिय आर्यआर्जनमा मा टेवा पुग्नेका साथै वातवरण सन्तुलनकोलागी पनि ठूलो भूमीका खेल्ने जनाए ।

सो अवसरमा सहायक वन अधिकृत विमल ठाकुरले बाउन्नकोटी बनमा पाइने जैविक विविधताले यहांको वातवरण स्वच्छ र शुद्ध राख्न मद्धत पुराएको बताए । सामुदायीक वन उपभोक्ता समिती अध्यक्ष भोला प्रसाद यादवले बाउन्नकोटी वन सवत्र सगुन भन्ने नारालाई चरितार्थ गर्दै वनमा रहेको टिक प्रजातिको काठ, सीमसार, नन्दभाउजु ताल, बाल उद्यान, पिकनिक स्पोर्ट, बनबाटिकाले सुनमा सुगन्ध थपेको भएता पनि बजेट अभावको कारण भनेजस्तो हुन नसकेको जनाउदैं सबैको सहकार्य र सहयोग भए लुम्बिनीको मोतीको रुपमा बाउन्नकोटीलाई स्थापीत गराएरै छाड्ने जनाए ।

विक्रम सम्बत २०५८ साल असोज ४ गते बाउन्नकोटी सामुदायीक वनको नाममा स्थानिय जिल्ला बन कार्यलय रुपन्देहीमा दर्ता भएको वन उपभोक्ता समितीले यसको रेखदेख गर्दै आएको छ । तिलोत्तमा नपा भित्र पर्ने साविकको टिकुलीगढ र मधवलियाको वडा नम्बर १७, १८, १९, २० र २१ तथा पडसरी र चिल्हीया गाविसमा कार्य क्षेत्र रहेको सो बनका ३५ हजार ३ सय ५४ जना सदस्य रहेका छन्।

करिब ८ हजार घरधुरीका जनतासंग सम्बन्धित सो वनमा टिक, सिसौ जातका विरुवा प्रशस्त पाइन्छन् भने सिमसार पनि रहेको छ ।

सामुदायीक वन उपभोक्ता समीति अध्यक्ष भोला प्रसाद यादवको अध्यक्षतामा सम्पन्न साधरण सभामा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद शर्मा, पुर्व अध्यक्ष टिकाराम पाण्डे, शंकरनगर सामुदायीक वनका अध्यक्ष राम गिरी, उपभोक्ताहरुको तर्फबाट एचबी रम्तेल र रमा अर्याल लगायतले मन्तब्य राख्दै प्रायाप्त क्षेत्रफल भएको बनलाई व्यवस्थीत तरिकाले विकास गरेमा लुम्बिनीको मुहार फेर्न सहयोग पुराउने विश्वास व्यक्त गरेका थिए ।

उपभोक्ता समिती उपाध्यक्ष चुमकला बस्यालको स्वागत तथा सचिव विमला चौधरीको सन्चालनमा सम्पन्न उक्त साधरण सभामा कोषाध्यक्ष ओमेश थापाले पेश गरेको १ करोड १३ लाख ५८ हजार १ सय ५२ रुपैया बराबरको आयव्यय बजेट अनुमोदन लेखा समिती सदस्य श्याम बस्यालले जानकारी दिए ।

बुटवल भैरहवा व्यापारी मार्गदेखी करिब डेढ किलोमिटर पश्चिम वा रुपन्देही सदरमुकाम भैरहवादेखी ३ किलोमिटर उत्तर पश्चिममा पर्ने सो बनमा कुरीलो, लेमनग्रास, अमला जस्ता जडीबुटी पनि पाइन्छ ।

ban pic (2) ban pic (3) ban pic (4) ban pic (5) ban pic