१३ कार्तिक २०८३, शुक्रबार

बर्दियाका बाढीपीडितले अझै पाएनन् घर बनाउने पैसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Badhi-Pidit (2)

– सुदीप अधिकारी
बर्दिया, २७ पुस । बाढीका कारण विस्थापित भएका गुलरिया नगरपालिका– ५ रामपुर टप्परका बाढीपीडित गणेशप्रसाद खनालको परिवार पुर्नस्थापनको आशमा बसेको डेढ बर्ष बित्यो । तर, उनको परिवार अझै एकसरो त्रिपालमै ओत लागेर बसेको छ । यो परिवारले सरकारले घर बनाउन दिने भनेको रकम अझै पाएको छैन ।

सरकारी रकम नपाउने उनी मात्र एक्ला होइनन् । यहाँ बाढीबाट उठीबास भएका १ सय ६२ घरपरिवारले घर बनाउने रकम पाएका छैनन् । सरकारले उनीहरुलाई पुर्नवास गर्ने अझै कुनै सुरसार नर्गदा पीडितहरुको बिचल्ली भएको छ ।

वनियाभारमा ९८, चेपाङ्गमा २१ र रामपुर टापुमा ४३ घर परिवार डेढ वर्षदेखि अस्थायी शिविरमा छन् । सरकारले बाढीपीडितलाई घर बनाउ रकम दिने निर्णय गरेको वर्षदिन भयो । तर पीडितको हात रित्तो छ ।

Badhi-Pidit (1)

सरकारी रकम पाइएला अनी घर बनाएर बसौला भन्ने आशमा बसेका बाढीपीडितको आशाको त्यान्द्रो पनि चुडिनै थाल्यो । तर सरकारले उनीहरुको पीडा अझै महशुस गरेको छैन ।

बाढीबाट विस्थापित मध्ये जग्गा भएको तर घर नभएकालाई ५० हजार र घर र जग्गा दुबै नभएकालाई ७५ हजार गरी १ लाख २५ हजार दिने सरकारको निर्णय छ । तर डेढ बर्ष बित्दा पनि यो निर्णय कार्यान्वय हुन सकेको छैन ।

Badhi-Pidit (3)

बाढी पीडितहरुलाई पुनस्र्थापना गर्ने कामको जिम्मा लिएको शहरी विकास तथा भवन डिभिजन कार्यालयले अर्थ मन्त्रालयबाट नै रकम निकास नभएकाले पुर्नस्थापनामा ढिलाइ भएको बताउँदै आएको छ । ‘जती सक्दो चाँडो पुर्नस्थापना गर्ने पक्षमा छौ । तर माथीबाटै रकम आएको छैन । हामीले ताकेता गरिरहेका छौ,’ शहरी विकास तथा भवन डिभिजन कार्यालय नेपालगंजका प्रमख रमेश थपलियाले भने । कार्यालयका अनुसार यहाँका बाढीपीडितलाई पुर्नस्थापना गर्न करिव ३५ करोड रुपैँया आवश्यक पर्छ ।

सरकारी बेवास्ताले बाढीपीडित निरास छन् । निकास चिसो बढेसँगै उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ ।