६ कार्तिक २०८३, शुक्रबार

पृथ्वी जयन्तीको विषयमा क्याबिनेटमा मारामार, उपप्रधानमन्त्रीमाथि प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-cabinet-1st-meeting

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने प्रस्तावबारे मन्त्रिपरिषद्को गत बिहीबारको बैठकमा निक्कै खैलाबैला भयो ।

राजावादी पार्टी राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले मन्त्रिपरिषद् बैठक सकिनै लाग्दा यो प्रस्ताव राखेका थिए । उनको यो प्रस्तावपछि प्रधानमन्त्री खड्गप्रसाद ओली निक्कै लचक देखिए । केहीबेर बैठकमा सन्नाटा छायो । तर, एकाएक परिवार दलका अध्यक्ष एवं शान्ति तथा पुनस्थापना मन्त्री एकनाथ ढकाल जंगिए ।

सत्ता समीकरणको बेला भएको सहमति विपरीत यस्तो प्रस्ताव कसरी अयाो ? भन्दै मन्त्री ढकालले प्रधानमन्त्री ओलीलाई प्रश्न गेपछि प्रस्तावक कमल थापा कालोनिलो भए । अर्का उपप्रधानमन्त्री टोपबहादुर रायमाझी ‘सत्ता समीकरणका बेला परिवार दलसँग के कस्तो सहमति भएको छ, हामीलाई थाहा छैन, तर, हाम्रो दृष्टिकोणमा पृथ्वीनारायण शाह भनेका विस्तारवादी सामन्त हुन् । उनको जन्मदिवस मनाउनु भनेको राजतन्त्र सामन्तवादको अस्तित्व स्वीकार्नु हो’ भन्दै कडा रुपमा प्रस्तुत भए ।

उपप्रधानमन्त्री थापाले पारित गर्न नभएर गाल टार्नैका लागि प्रस्ताव राखेको सुइँको पाएपछि राप्रपाका मन्त्री दीपक बोहोरा मौन रहे । समाचार स्रोतका अनुसार संविधानमा धर्मनिरपेक्षता कायम राख्नैका लागि क्रिश्चियनहरुद्धारा प्रवाह गरिएको रकम परिवार दलका अध्यक्ष ढकालमार्फत बुझेका कारण पनि उनका अगाडि कमल थापा कालोनिलो भएका हुन् । तरुण साप्ताहिकमा खबर छ ।