६ कार्तिक २०८३, शुक्रबार

अख्तियार फन्दाबाट रेग्मीका चार मन्त्री जोगिए, कोइरालाका पाँच जाकिदैं

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

koirala-Regmiकाठमाडौं । अख्तियार प्रमुखमा लोकमान सिंह कार्कीलाई नियुक्त गर्ने खिलराज रेग्मी नेतृत्वको सरकारका अधिकांश मनत्री अख्तियारको छानबिनमा परेका छन् । रेग्मीसहित तत्कालिन मन्त्रीपरिषद्का थोरै सदस्य मात्र छानबिनको दायरमा परेका छैनन् ।

कर्मचारी पृष्ठभूमिबाट आएका ती मन्त्रीहरुले पदको दुरुपयोग गर्दै अकुत सम्पत्रि आर्जन गरेको प्रारम्भिक अनुसनधानका क्रममा खुलेको स्रोतले जनाएको छ । संयोग नै मान्नुपर्छ ती मध्ये अधिकांश मन्त्रीहरु म्ुख्यसचिवको प्रतिस्पर्धामा बाहिरिएपछि राजीनामा दिउकाहरु थिए । उनीहरुको बारेका त्यति बेलै पनि पत्रपत्रिकामा चर्चा भएको थियो ।

अख्तियारले बैंक खाता रोक्का गरेर रेग्मी परिषद्का सदस्यहरुको छानबिन गरिरहेको स्रोतको दाबी छ । छानबिन भइरहेकाहरुमा तत्कालिन मन्त्रिपरिषद्का अर्थमन्त्री शंकर कोइराला, भौतिक पूर्वाधार मनत्री छविराज पन्त, स्थानीय विकास मनत्री विद्याधर मल्लिक, उर्जामन्त्री उमाकान्त झा, कृषि मनत्री टेक बहादुर घर्ती र पर्यटन मनत्री रामकुमार श्रेष्ठ छन् । रेग्मी सरकारमा मनत्री रहेकाहरुमध्ये रेग्मी बाहेक गृहमन्त्री माधव घिमिरे, संचारमनत्री माधव पौडेल, कानुनमन्त्री हरि न्यौपाने र महिला बालविकास मन्त्री रिद्विबाबा र प्रधानमन्त्री रेग्मी अख्तियारको छानबिनका परेका छैनन् ।

यसैबीच अख्तियारले अस्वभाविक सम्पति देखिएका केही पूर्वमन्त्रीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउन लागेको खबर छ । सुशील कोइराला मन्त्रिपरिषद्का केही सदस्यहरुको सम्पति अस्वभाविक देखिएपछि अख्तियारमाथि छानबिनका लागि दवाव परेको छ ।

तत्कालिन अर्थमनत्री डा. रामशरण महत, शहरी विकास मन्त्री नारायण खड्का, भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधी, शिक्षामनत्री चित्रलेखा यादव र संचारमन्त्री मिनेन्द्र रिजालको अकुत सम्पती छानबिन गर्न अख्तियारलाई दबाव परेको साँघु साप्ताहिकमा खबर छ ।