काठमाडौं । नयाँ शक्तिको नाममा आफ्नो ३० वर्षे राजनीतिक कुण्ठा पोख्न थालेका बाबुराम भट्टराईले हुँदै नभएका नामहरुलाई नयाँ शक्तिको नाममा लेखाउन थालेपछि हाँसो मजाकका पात्र बनिरहेका छन् ।
भट्टराईको नयाँ शक्ति अभियानले केही दिन अघि इमेल मार्फत मिडियाहरुलाई एमालेका ६८ जना नेता कार्यकर्ता एमालेबाट सचेत विद्रोह गर्दै नयाँ शक्तिमा प्रवेश गरेको प्रचार गरायो । तर पछि एमालेका सम्बन्धीत जिल्लाहरुमा भेरिफाइ गर्दा एक जनापनि ति जिल्लाहरुमा कार्यकर्ता एमालेमा नरहेको भनेपछि बाबुरामको हल्ला….. को न्यानो मात्र भएको पुष्टि भएको छ ।
बाबुरामको सचिवालयले पठाएको नामहरु कुनै पनि एमालेको कमिटी र साधरण सदस्य समेत नरहेको पाइएको छ । प्रवेश गरेको भनेको अधिकांश व्यक्ति मधेसका जिल्लाका र अखिलका जिल्ला तथा अन्चल र केन्द्रीय सदस्यहरु भनिएका थिए । तर २२ औं महाधिबेशनमा लागेका अखिल नेताहरुले बाबुरामको हावादारी बक्तव्य पढेर निशुल्क मनोरञ्जन लिएका छन् । साँघु साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया